ला लिगा फुटबल आज बाट सुरु हुँदै, पहिलो दिन तीन खेल हुने

काठमाडौं, भदौ २७ । स्पेनिस ला लिगा फुटबल आज बाट सुरुआत हुदैछ । सिजनको पहिलो दिन आज तीन खेल हुनेछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आज हुने पहिलो खेलमा इबरले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु मैदानमा हुने खेलमा इबर जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा छ । यता सेल्टा भिगो पनि आजको खेलमा जित निकाल्ने योजनामा छ ।

आज नै हुने दोस्रो खेलमा ग्रानाडाले एथ्लेटिक क्लबसँग खेल्दै सिजनको सुरुआत गर्ने योजनामा छ । अघिल्लो सिजन उत्कृष्ट बिताएको ग्रानाडा यो सिजन झनै उत्कृष्ट बनाउने योजनामा छ ।

ग्रानाडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०ः४५ मा हुनेछ । शनिबार राति हुने अन्तिम खेलमा यो सिजनमा मात्र शीर्ष डिभिजनमा उकिलिएको काडिजले ओसासुनासँग खेल्नेछ । खेलमा राति १२ः४५ सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्