उपत्यकामा थपिए ४३१ जना सङ्क्रमित, कोरोनाबाट १४ जनाको मृत्यु

काठमाडौं, भदौ २७ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौंमा ३७७ जनामा, ललितपुरमा ३७ जनामा र भक्तपुरमा १७ जनामा सङ्क्रमण देखिएको छ।

योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या ११ हजार १३९ पुगेको छ। यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्