आफ्नै ज्वाइँको हत्या आरोपमा ससुरासहित ५ जना पक्राउ

काठमाडौं, भदौ २८ । बाँकेमा कुटपिट गरी आफ्नै ज्वाइँको हत्या आरोपमा ससुरासहित ५ जना पक्राउ परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका १७, परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका २०, नटनपुरुवाका नरेश चमारलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि सिकिस्त भएका थिए ।

उनलाई उपचारका लागि नर्सिंङ होम नेपालगन्जमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पाँचै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्