सिन्धुपाल्चोकका जोखिम बस्ती सुरक्षित स्थानमा सार्न देउवाको माग, ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा पहिरोको जोखिममा रहेकालाई तत्काल सुरक्षित स्थानान्तरण गर्न माग गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक(पटक पहिरोले क्षति गरेको उल्लेख गर्दै भूगर्भविदहरूले औंल्याएका जोखिम वस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन्।

उनले गएराति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ विभिन्न स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको तत्काल खोजी गर्न समेत आग्रह गरेका छन्।

“घाइतेहरूलाई उपचारको प्रबन्ध गर्न तथा पीडित परिवारलाई अतिआवश्यक सामग्रीहरू– खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु’, देउवाले विज्ञप्तिमा भनेका छन्। देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिराले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भ विद्हरुले औँल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकारसमक्ष माग गरेका छन् ।देउवाले उद्धार र राहतको काममा थप सक्रिय भएर लाग्न कांग्रेसका नेतारकार्यकर्तालाई अपील गरेका छन्।

यता सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु भएकामध्ये नौ जनाको सनाखत भएको छ।

पहिरामा पुरिएर २२ जना बेपत्ता छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्