सुनको मूल्य आज फेरि बढ्यो, प्रतितोला कति ?

काठमाडौं, भदौ २९ । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ ।सोमबार सुन प्रतितोला ४ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्