सेयर बजारमा करेक्शन, बैंकिङ्गमा लगानीकर्ता होमिए

काठमाडौं, २९ भदौं । साताको दोस्रोदिन पनि सेयर खरिदबिक्रीमा उत्साह जारी नै रहेको छ । नेप्से सूचक ३.०८ अंकले बढेर १५४०.३३ विन्दुमा आइपुगेको छ । १९० कम्पनीको ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ८५ लाख ५१ हजार ३६२ कित्ता सेयर खरिदबिक्री भएका छन् । यस दिन १२ समूहको कारोबार भएकामा ५ समूहका सूचक बढेका छन् भने बाँकी तल झरेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक २५४.५९ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक १४.६८ अंकले बढेको छ ।

अरुण हाइड्रोपावर, एनआरएन लघुव्त्ति, रिलायन्स लाइफ, युनियन हाइड्रोपावर, अरुण काबेली लगायतका कमपनीहरको भाउ १०५ ले बढेको छ । सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर भाउ घटेको छ । खरिदबिक्री रकममा पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको २० करोड भन्दा बढीको कारोबार भएको हो ।
नेप्सेमा केहि करेक्सन हुँदा बीमा कम्पनीको सेयरमा केहि ओरालो लागेको छ । कारेबार सुस्त देखिए पनि कारोबार रकमले उत्साह भएको छ । कारोबारीले नाफा बुक गर्दा सोमबार बिमा समूहमा करेक्सन आएको हो । लगानीकर्ताहरु बैंकिङ र हाइड्रोपावर समूहमा आकर्षित देखिएका छन् । कतिपय बैंकहरुको सेयर भाउ बढ्दा यस समूहको सूचक सकारात्मक बनेको छ ।

औसतमा हेर्दा पछिल्ला दिनहरुमा सेयर बजारले अग्रगामी गतिसहित लग समातेको छ । बैंकिङमा तरलता थुप्रिएको र लगानीका वातावरण नहुँदा व्यजदर घटेको अवस्था छ । ब्याजदर घटेकाले लगानीकर्ता सेयर बजारमा आकर्षित भएको विज्ञहरुको बुभलाई छ । साना–ठूला तथा व्यक्तिगत र संस्थागत सबैथरीका लगानीकर्ता यतिबेला सेयर बजारतिरै आकर्षित भइरहेको देखिन्छ ।

यतिबेला सर्वसाधारण लगानीकर्ताको मनोबल पनि उच्च भइरहेको देखिन्छ । यसले पनि बजारमा सकारात्मक प्रभाव परेको हो । बजार सकारात्मक बनिरहँदा लगानीकर्ताहरुले कम्पनीहरुको समग्र अवस्थाका बारेमा अध्ययन गरेर मात्र लगानी गर्नु पर्दछ । लगानीकर्ताहरुले सम्बद्ध कम्पनीको नाफा, रिजर्भ, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी लगायतका अन्य महत्वपूर्ण सूचकहरुमा ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्