भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध, नेपालमा मूल्य बढ्न सक्ने

काठमाडौँ, भदौ ३० । मूल्य बृद्धि रोक्न भन्दै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।

कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा प्रतिबन्ध लगाइएको बीबीसी हिन्दीले जनाएको छ ।भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य बढ्न सक्ने आकलन सुरू भएका छन् ।

आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ।

हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि ४० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्