नेकपाद्वारा अन्तरपार्टी निर्देशन– ५ जारी , यस्ता छन् १६ बुँदे निर्देशन

काठमाडौं , भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ ।नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

उहाँले केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीसहित पार्टी मातहतका सबै कमिटीलाई अन्तरपार्टी निर्देशन– ५ जारी गरिएको बताउनुभयो ।यही भदौ २६ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको आधारमा अन्तरपार्टी निर्देशन– ५ जारी गरिएको हो ।

पार्टीभित्र देखिएका समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदनलाई पार्टी स्थायी कमिटी बैठकले सुझावसहित पारित गरेको आधारमा अन्तरपार्टी निर्देशन– ५ जारी गरिएको हो ।अन्तरपार्टी निर्देशनमा पार्टीलाई जीवन्त बनाउने कुरा समेटिएका छन् । अन्तरपार्टी निर्देशन– ५ मा १६ बुँदे निर्देशन रहेका छन् ।

अन्तरपार्टी निर्देशन– ५ मा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा सङ्गठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन गर्नेजस्ता विषय समेटिएका छन् ।

यस्तै अन्तरपार्टी निर्देशन – ५ मा सरकारका कामका सम्बन्धमा, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाइने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाइने, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा, कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनःरुत्थान गर्ने, बाढी पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्नेलगायत छन् ।

तत्कालीन नेकपा(एमाले र माओवादी पार्टीबीच एकता भई नेकपा बनेको दुई वर्षभन्दा बढि समय बितिसक्दा पनि दुईवटा भवनमा चलिरहेको संसदीय दलको काम कारबाही अब एउटै भवनबाट हुने भएको छ।

यसेबीच हाल नेकपाको सिंहदरबारमा रहेको दुईवटा भवनबाट संसदीय गतिविधि भइरहेको छ। अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको अन्तर पार्टी सर्कुलरको ८ नम्बर बुँदामा एउटै भवनबाट संसदीय दलको कार्यालय सञ्चालन गर्ने उल्लेख गरिएको छ।

‘संसद पार्टी कामको महत्वपूर्ण थलो हो। संघीय संसदमा करिव दुई तिहाइको नजिक रहेको हाम्रो पार्टीको प्रभावकारी उपस्थितिलाई भूमिकाको दृष्टिले पनि प्रभावकारी बनाउन जरुरी छ। त्यसका लागि संसदीय दललाई दलको विधानअनुरूप प्रभावकारी रूपमा सञ्चालन गर्ने,’ संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने शीर्षकमा लेखिएको छ, ‘दलको एउटै भवनबाट संसदीय दलको कार्यालय सञ्चालन गर्ने।’

ऋभलतगचथ mबकबबि घ
सो निर्देशनमा संसदीय दलका सदस्यहरूलाई सम्बन्धित विषयहरूमा प्रशिक्षणको व्यवस्था गर्ने, सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम, बजेट, विधेयक र अन्य महत्वपूर्ण विषयहरूमा संसदीय दलका सदस्यहरूमाझ छलफल गर्ने, सुझाव लिने र संसदीय दलको निर्णयका आधारमा संसद तथा समितिहरूमा सांसदहरूको भूमिकालाई एकरूप र प्रभावकारी बनाउने उल्लेख छ।

‘सांसदहरूले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम, बजेट, विधेयक, सन्धीलगायत प्रस्तावहरू पारित गर्न सक्रिय भूमिका निर्वाह गर्ने,’ सो निर्देशनमा उल्लेख छ।

द्यष्मज ीबद
तत्कालीन एमालेले प्रयोग गर्दै आएको संसदीय दलको भवन र माओवादी केन्द्रले प्रयोग गरिरहेको छुट्टाछुट्टै भवनबाट पार्टीका संसदीय काम हुँदै आइरहेकोमा अब भने एउटै भवनबाट काम गर्ने निर्णय गरिएको हो।

२०७५ जेठ ३ गते पार्टी एकता भएपनि संसदीय दलका दुवै कार्यालयमा गतिबिधिमा जारी थिए।

पार्टी स्थायी कमिटी बैठक भदौ २६ गते सम्पन्न भएपछि बैठकका निर्णयअनुसार दुई अध्यक्षले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्