मेसी बने वर्षकै सबैभन्दा धेरै कमाउने फुटबलर

काठमाडौं , भदौ ३० । बार्सिलोनाका फरवार्ड लियोनल मेसी २०२० मा सबभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोब्र्स म्यागजिनले निकालेको सूचीमा मेसी धेरै कमाउने फुटबल खेलाडीको शीर्ष स्थानमा छन् ।

मेसीले २०२० मा १२ करोड ६० लाख अमेरिकी डलर कमाएका हुन् । दोस्रो स्थानमा युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डो छन् । रोनाल्डोले ११ करोड ७० लाख अमेरिकी डलर कमाएका थिए ।

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेइमार र एमबाप्पे क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्