बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ: इमरान खान

काठमाडौं, भदौ ३० । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन्। उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् ।
त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्ने उनले बताए ।

सो अन्तर्वार्ताका क्रममा उनले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामुहिक बलात्कृत भएकी थिइन् ।

त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको कारबाही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिएका हुन् ।

महिलामाथिका यस्ता हिंसाको अन्त्य गर्दै बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै ती विरोध प्रदर्शनहरू भएका हुन् । यता नेपालमा पनि महिलामाथिका यस्ता हिंसा बढिरहेका छन् । यसको अन्त्यका लागि मृत्युदण्डको सजाय हुनु पर्ने आवज भने उठीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्