प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अग्रवाल, लिए शपथग्रहण

काठमाडौं, भदौ ३० । प्रेडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन्।

अग्रवाललाई बीमा समितिको अध्यक्ष चिरञ्जीवी चापागाईले पद तथा गोपनियताको शपथग्रहण गराएका छन्। १८ औ वार्षिक साधारणसभाले संस्थापक समूहबाट विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छे निर्वाचित भएका थिए।

अध्यक्ष अग्रवाल व्यावसायिक घराना विशाल ग्रुपका हुन्।भदौ २८ गते सम्पन्न सञ्चालक समितिको बैंठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्