फुटपाथ पसल हटाउ अभियान सुरु

काठमाडौँ, ३० भदौ । फुटपाथ पसल हटाउ अभियान सुरु भएको छ । काठमाडौँका असन, इन्द्रचोकलगायतका भित्रीवस्तीलाई व्यवस्थित बनाउन तथा दैनिक आवत जावत गर्ने मानिसलाई सहज गर्न त्यस क्षेत्रमा फुटपाथ पसल हटाउन अभियान शुरु गरिएको छ ।
वस्ती वरपरका स्थानमा पछिल्लो समयमा बढ्दै गएको फुटपाथ पसलले सवारी आवागमनकासाथै पैदलयात्रुलाई समस्या परेपछि जागरुक युवा समाजले यस्तो अभियान थालेको हो ।
सार्वजनिक बाटो ओगटेर राखिएका यस्ता पसलले भीडभाड बढ्न गई वस्तीको सौन्दर्यता समेत विगारेको र विभिन्न रोगका संक्रमणको जोखिम थपिने, व्यापारिक कारोबारमा कर चुहावट भई सरकारलाई राजश्व संकलनमा दीर्घकालीन प्राभाव पारेको हुन्छ । स्थानीय युवा वर्गको सक्रियता रहेको अभियानले स्थानीय तह, सुरक्षाकर्मीलगायतसँग समन्वय गरी स्थनीय सम्पदामाथिको अतिक्रमण निरुत्साहित गर्ने, प्राचीन महत्वका स्थल तथा ऐतिहासिक वस्तुको संरक्षण गर्ने लक्ष्य राखेको छ ।
काठमाडौँ महानगरपालिका (कामपा) २५का सदस्य विनोद तुलाधरले भित्री वस्ती क्षेत्रमा पसल खोलिएका कारण विगतमा धेरै पैदलयात्रुको दुर्घटन भई घाइते तथा केहीको मृत्यु समेत भएको जानकारी दिँदै अभियानले प्रारम्भ गरेको कार्यको सराहना गर्नुभयो । अभियानका सल्लाहाकार समेत रहनु भएका तुलाधरले यस प्रकारका पसललाई कुनै पनि हालतमा बैधता दिन नहुने बताउनुभयो । यसले पैदलयात्रीलाई हिडडुल गर्न मात्रै नभई शरहलाई नै कुरुप बनाएको बताउनु भयो । यस अभियानलाई सबैले सहयोग गरि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्