२५ औं वर्षमा वर्ल्डलिंक: मुलुककै तेस्रो ठूलो दूरसञ्चार कम्पनी बन्न सफल

काठमाडौं, भदौ ३० । नेपालको सबैभन्दा ठूलो इन्टरनेट इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन २५ औं वर्षमा प्रवेश गरेको छ।

सबैभन्दा धेरै ग्राहक तथा प्रयोगकर्ता भएको फिक्स्ड इन्टरनेट सेवाप्रदायक कम्पनी सन् १९९५ मा स्थापना भएको हो। आफ्नो २५ औं वार्षिकोत्सव मनाइरहँदा मुलुकै सबैभन्दा ठूलो सूचना प्रविधि ९आइसिटी० कम्पनी बन्न सफल भएको छ।

यो वर्ष वर्ल्डलिंक आइसिटी क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने करदाता कम्पनी बन्न सफल भएको छ। साथै वल्र्डलिंक आइसिटी क्षेत्रमा सबैभन्दा धेरै रोजगार दाता बनेको जनाएको छ।

भर्चुअल कन्फेरेन्स मार्फत २५ औं वार्षिकोत्सवका अवसरमा बोल्दै वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले १० औं ठूलो करदाता कम्पनी बन्न सफल भएको बताए।उनले २५ वर्षको दौरानमा धेरै उतारचढाव भौग्दै यहाँसम्म आइपुगेको बताउँदै आजको दिनमा मुलुकमा खपत हुने कुल व्यान्डविथमध्ये ४३ प्रतशत वर्ल्डलिंकले प्रयोग गरिरहेको बताए।

यसैबीच वर्ल्डलिंकले अबका दिनमा कम्पनीको सेयर सर्वसाधारणका लागि जारी गर्ने योजना बनाएको छ।कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुने सम्पन्न भइसकेपनि सर्वसधारणका लागि शेयर जारी गर्नका लागि भने केही तयारी आवश्यक पर्ने अग्रवालले जानकारी दिए। यसका लागि तीन वर्षको समय लाग्ने उनको भनाइ छ।

वर्ल्डलिंक सन् १९९५ मा सुरु भएर दुई वर्षपछि इमेल सेवा सुरु गर्दै १९९९मा भिस्याट सेवा सुरु गरेको थियो। साथै, सन् २००० बाट काठमाडौं बाहिर इन्टरनेट सेवा सुरु गरेको थियो

वर्ल्डलिंकले मुलुक मै पहिलो पटक आइसिटी क्षेत्रमा बेलायतको सिडिसी कम्पनीबाट विदेशी लगानी ल्याउन सफल भएको अग्रवालले बताए।नेपालमा पहिलोपटक डायलअप प्रविधिबाट इमेल सेवा सुरु गरेको कम्पनीले अहिले भने फाइबर टु होम सेवा दिइरहेको छ।

कम्पनीका सञ्चालक अमित अग्रवालका अनुसार वर्ल्डलिंकका अहिले ४ लाख ८५ हजार कनेक्सन छन्। त्यस्तै २१ लाख प्रयोगकर्ता रहेका छन्।

देशभरका १० हजार सार्वजनिक ठाउँहरुमा निशुस्ल्क वाइफाइ वितरण गरिरहेको कम्पनीले इन्टरनेट टिभीको सेवा पनि दिइरहेको छ। आइपी टिभीका ग्राक हाल १ लाख ८४ हजार छन्। दिनमा १५ लाख सक्रिय वाइफाइ प्रयोगकर्ता भएको कम्पनीले ३ हजार ९५० जनालाई रोजगारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्