यी ६ जिल्ला भए संक्रमणमुक्त

काठमाडौं, भदौ ३० ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ६ जिल्ला संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त भएका छन्। सात जिल्लामा भने ५०० जनाभन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। यता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।मोरङ, सुनसरी, काठमाडौं, भक्तपुरमा ५/५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। त्यस्तै चितवन, मकवानपुर र रुपन्देहीमा पनि ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्