वीपी प्रतिष्ठानमा ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, भदौ ३१ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका- ३ नम्बर वडाका ३५ वर्षीय पुरुष रहेका छन् । मंगलबार बिहान १०: ४६ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका ती व्यक्तिको आज बिहान ६:१० बजे मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार भदौ २८ गते ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती व्यक्ति मिर्गौला पीडित थिए ।योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्