आज सुनको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, भदौ ३१ । आज सुन चाँदीको मूल्य स्थिर छ ।मंगलबार सुन प्रतितोला ६ सयले बढेको थियो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९६ हजार ९ सय कायम भएको थियो ।

मंगलबार ९७ हजार ५०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३४० कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्