भारतमा संक्रमितको संख्या ५० लाख नाघ्यो, ८२ हजार भन्दा बढीको मृत्यु

काठमाडौं , भदौ ३१ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ ।पछिल्लो समय दैनिक ९० हजार भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको भारतमा कुल संक्रमितको संख्या ५० लाख २० हजारभन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालय तथ्यांक अनुसार भारतमा हालसम्म कोरोनाका कारण ८२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

भारतमा सरकारले लकडाउन खुकुलो बनाउँदै गएपछि संक्रमित हुनेको संख्या तीव्र गतिमा बढ्दै गएको सो युनिभर्सिर्टीका तथ्यांकले औंल्याएको छ ।

पछिल्लो समय अक्सिजनको माग ह्वात्तै बढेको भारतमा अक्सिजनको कमी हुन सक्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्