महामन्त्री कोइरालाको स्वास्थ्य स्थिर, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं , भदौ ३१ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले जानकारी गराएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गरेर महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

श्रेष्ठका अनुसार अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा। विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले महामन्त्री कोइरालाको उपचार गरिरहेको छ । महामन्त्रीको उपचारमा डा। कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट डा। सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा। प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम संलग्‍न छ ।

प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको छ । कोइरालाइ निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे अस्पताल भर्ना गरिएको थियो भने यता भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्