निमोनिया कस्तो रोग हो ? कसरी बच्ने ?

काठमाडौं, असोज १ । निमोनिया भनेको फोक्सोमा हुने संकमण हो। निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हाले हुन्छ। कडा निमोनियाले मृत्यु पनि हुन सक्छ। निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो । यसमा फोक्सोका कोषहरुमा संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रश्वासमा समस्या हुन्छ ।

व्याक्टेरिया, भाइरस जस्ता साना किटाणुहरुले निमोनिया गराउँदछ । यसमा बालबालिका नै बढी पीडित हुन्छन् । विश्वमा ५ वर्ष मुनिको बालबालिकाको मृत्युको मुख्य कारण निमोनिया रहेको तथ्यांक छ । श्वासप्रश्वास सम्बिन्धित एउटा रोग हो निमोनिया । फोक्सोमा भाइरस वा ब्याक्टेरियाको संक्रमण भयो भने निमोनिया हुने गर्दछ ।

निमोनिया हुदाँ फोक्सोमा समस्या आउने गर्दछ । रुघाखोकी निको नभई बढ्दै गएमा पनि निमोनिया हुन सक्छ । निमोनिया हुदाँ शरीरमा आवश्यक अक्सिजनको मात्रा आपूर्ति हुन पाउँदैन । यसले गर्दा मानिसको ज्यान पनि जान सभांवना समेत हुन्छ ।

किन हुन्छ निमोनिया ?
– फोक्सोमा भाइरस, ब्याक्टेरीया र फंगल्सको संक्रमण भएमा निमोनिया हुन सक्छ ।
– लगातारको रुघाखोकीका कारणले पनि निमोनिया हुने गर्दछ ।
– रुघाखोकी नलागी अन्य कारणले पनि निमोनिया हुन सक्छ ।
– एक पटक निमोनिया भएको तर राम्रो उपचार नपाएमा पनि पटक पटक दोहोरीन सक्छ ।
– संक्रमित ब्यक्तिको संर्सगबाट पनि निमोनियाको सम्भावना हुन्छ ।

कसरी बच्ने ?
– रुघाखोकी लागेका मानिसबाट टाढै रहने ।
– बालबालिकालाई निमोनिया विरुद्धको खोप लगाउने ।
– सकेसम्म धुँवा धुँलो लगायतका प्रदुषणबाट बच्ने ।
– निमोनियाको औषधि सेवन गर्दा पुरा डोजसेवन गर्ने ।
– रुघाखोकी चाडैं निको नभए हेलचेक्रयाइ नगर्ने ।

प्रतिक्रिया दिनुहोस्