दुर्गेश र शिल्पा अभिनित ‘दिलको राजधानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, असोज १। पछिल्लो समय नेपाली सांगतिक बजारमा गीत आउने क्रम जारी  रहेको छ । कोरोनाका बीच पनि गीत बजारमा धमाधम आइरहेका छन् ।

यसैबीच शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित दिलको राजधानीु सार्वजनिक भएको छ। विन्दु परियार र विक्रम परियारको गीतमा स्वर रहेको छ। यसमा राजेश बर्देवाले संगीत भरेका छन्।गीत ‘दिलको राजधानी’ भर्खरै सार्वजनिक भएको हो ।

गीतको म्युजिक भिडियोमा शिल्पा पोखरेल, दुर्गेश थापा र रवीन्द्र लामाको अभिनय रहेको छ।गीतमा राजेश बर्देवाको संगीत तथा एरेन्ज कृष्ण कँडेलको शब्द रहेको रहेको छ। ‘दिलको राजधानी’ बोलको गीत बिहीबार राजेश बर्देवाका युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन्। भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्