अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै , जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं, असोज २ । विभिन्न माग राख्दै अनसन बस्नेमा पर्छन् डा.गोविन्द केसी! यति बेला उनी जुम्लामा अनशनरत छन् । चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनशनरत डा।गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ ।

जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनको १९ औं सत्याग्रहको आज पाँचौ दिन पुगेको छ ।नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र तानाशाही तन्त्रविरुद्ध डा. केसीले जुम्लामा १९ औं सत्याग्रह सुरु गरेका हुन ।
अनसन बसेकै अवस्थामा उनले विरामीलाई पनि हेरेका छन् । डा।केसीको अवस्था चौथो दिनदेखि गम्भिर बन्दै गएको थियो ।

डा।गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम संचालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदेश तथा डोटी,डेडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाइनुपर्ने माग राखेका छन्।
त्यस्तै आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डा।केसीले अनसन सुरु गरेका हुन् ।

उनले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए । यता नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत डा। गोविन्द केसीका जायज माग सम्बोधन गर्दै जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।डा। केसी अनशन बसेको पाँच दिन भइसक्दा पनि सरकारले कुनै चासो नदिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको चिकित्सक संघले जनाएको छ ।

संघका महासचिव डा.बद्री रिजालले आज जारी गरेको विज्ञप्ति डा। केसीका माग वार्तामार्फत् सम्बोधन गर्न भनिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायेज मागहरुको स्म्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।’

डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि १९ औं अनशनमा छन् । –फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्