फेरि बढ्यो सुनको मूल्य , यस्तो छ बजार भाउ

काठमाडौँ , असोज २ । आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।

साताको पहिलो दिन स्थिर र दोश्रो दिन सोमबार प्रतितोला ४ सय रुपियाँ बढेको सुनको मूल्य मंगलबार प्रतितोला ६ सय रुपियाँ बढेको थियो भने बुधबार स्थिर रहेको थियो । हिजो भने सुन प्रतितोला ९ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ३० रुपियाँ निर्धारण गरिएको छ ।

आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १ रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २० रुपियाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्