यी ६ जिल्ला भए कोरोना संक्रमणमुक्त, २ सय ९ जना संक्रमित आइसियु र भेन्टिलेटरमा

काठमाडौं, असोज २ । ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । अरु ठाउँमा बढिरहदा शुक्रबार भने ६ जिल्ला संक्रमणमुक्त भएका हुन्।

सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ।

९ जिल्लामा भने सक्रिय संक्रमितको संख्या पाँच/पाँच सयभन्दा बढी छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सिराहा, काठमाडौंमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्।

त्यसैगरी भक्तपुर, लतपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ। यसैगरि देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर २ सय ९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।मन्त्रालयको तथ्यांक अनुसार ३६ जना भेन्टिलेटरमा र १७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२६ जना आइसियु र ३६ जना भेन्टिलेटर, प्रदेश ५ मा २० जना आइसियु, प्रदेश १ मा ७ जना आइसियु र १ जना भेन्टिलेटर, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश २ मा ४, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १० आइसियुमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्