बुन्डेस लिगा फुटबल आजबाट सुरु, पहिलो खेलमा बायर्न र साल्केको भिड्न्त

काठमाडौं, असोज २ । जर्मन बुन्डेस लिगा फुटबल आजरातिबाट सुरु हुँदै छ । घरेलु लिगको नयाँ सिजन २०२०/२१ मा सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख र साल्के भिड्दै छन् ।

खेल बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा राति १२स्१५ बजे सुरु हुनेछ । गत सिजन तीन उपाधि जितेको बायर्न नयाँ सिजनमा साल्केलाई पराजित गर्दै लिगमा सुखद सुरुवात गर्न चाहन्छ ।

गत सिजन बायर्नले घरेलु लिग बुन्डेस लिगा, जर्मन कप र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

यता साल्के पनि लिगमा सुखद सुरुवात गर्न चाहन्छ । तर, बायर्नलाई रोक्न साल्केलाई त्यति सजिलो भने हुने छैन । पछिल्लो सात खेलको नतिजा हेर्दा साल्के बायर्नसँगले सातवटै खेल गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्