स्वास्थ्य मन्त्रालयको अपिल – ६० वर्ष नाघेकाहरू घरबाहिर ननिस्कनू

काठमाडौं, असोज २ । शुक्रबार देशभर हालसम्मकै धेरै कोरोना संक्रमित देखिएका छन्। शुक्रबार २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था खराब हुँदै जान थालेको छ । यसरी दिनानुदिन संक्रमीत बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेकालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौमतले संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको उमेर समूह्लाई घरबाहिर ननिस्कन आग्रह गरेका हुन्।

यस्तै मधुमेह, रक्तचाप, फोक्सोको समस्या, किड्नीका विरामी र क्यान्सर रोगीहरूलाई समेत मन्त्रालयले केही दिन घरमै बस्न भनेको छ ।साथै घरबाट बाहिर निस्कनु परेमा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ।

पछिल्लो समय काठमाडौं, पोखरा लगायत सहरी क्षेत्रमा संक्रमणसँगै जोखिम बढेको मन्त्रालयले जनाएको छ।घना बस्ती भएका स्थानमा संक्रमितको संख्या बढिरहेको भन्दै सतर्क रहन आग्रह गरे।

महामारीका बीच भइरहेका सडक आन्दोलन तथा जुलुसले झनै संक्रमण फैलाउन सहयोग गर्ने भएकाले मन्त्रालयले यस्ता गतिविधि नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्