कांग्रेसले भन्यो -डा. केसीसँग तत्काल वार्ता गर, समर्थनमा काठमाडौंमा प्रदर्शन

काटमाडौं , असोज ३ ।डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने, नोवेल कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि जुम्लामा अनसनरत छन् । यसैबीच प्रमुख विपक्षी नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै डा के.सी.को जुम्लामा अनसनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगर्नुलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

१० साउन २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा सम्झौता गरेको स्मरण गर्दै भनेका छन्, त्यही बर्ष माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्‍याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि सरकारसमक्ष माग गर्दछ ।’

प्रवक्ता शर्माले डा. केसीका जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णालीको प्रदेश सरकारलाई आग्रह गरेका छन् । यता जुम्लामा सत्याग्रह बसेका डा. गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

‘डा। केसीका माग पुरा गर, डा. केसीको जीवन रक्षा गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित युवाहरूले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।नेपाल चिकित्सक संघले शुक्रबार डा. केसीका माग सम्बोधन गर्दै उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको थियो ।

१९औं पटक अनुसन बसेका डा. केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग समेत राखेका छन्

प्रतिक्रिया दिनुहोस्