कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज, यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौं, असोज ३ । अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्।कोरोना पोजिटिभसँगै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

पाँच दिनदेखि काठमाडौँको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका कोइरालाको स्वास्थ्यमा सुधार आएसँगै शनिबार डिस्चार्ज भएका हुन्।डाक्टरसँगको परामर्शमै डिस्चार्ज भएको र घरमै केही दिन आइसोलेसनमा बस्ने कोइरालाले जानकारी दिएका छन्।

डिस्चार्जपछि महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने सबैलाई धन्यवाद दिएका छन्।कोरोना संक्रमण रहिरहेकै बेला मंगलबार साँझ एक्कासी ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्