राष्ट्र परिवर्तनमा युवाको भुमिका भन्दै अगाडि बढे nepalese youth power facebook groupका युवाहरू

काठमाडौं, असोज ४ । राष्ट्र परिवर्तनमा युवाको भुमिका भन्दै nepalese youth power facebook group का युवाहरू अगाडि बढेका छन् । २०७६ साल चैत्र ११ गते स्थापना भएको यो ग्रुपका युवाहरू अहिले प्रत्येक जिल्लामा जिल्ला सहजकर्ता बनाइ जिल्ला स्तरिय समाजिक कामहरु गर्ने योजना बनाइ अगाडि बढिरहेको हुन् ।  Facebook ग्रुप Nepalese Youth Power एउटा यस्तो ग्रुप हो जहाँ नेपाली युवाहरुको एक जमात छ । यस ग्रपका युवाहरु एक जुट भई विभिन्न ठाउँमा कामहरु सुरु गरेको छन् ।

यो ग्रुप खोल्नुको कारण देशमा भएका युवाहरुलाई परिचालन गर्ने र आफ्ना आफ्ना समाजमा रहेका विकृतिलाई अन्त्य गर्ने र समाज हुँदै देशमा परिवर्तन ल्याउने उदेश्य लिई यो ग्रुप अघि बढि उनीहरुले बताएका छन् । ग्रुपको मुख्य उदेश्य भनेको देशमा रहेका युवाहरुलाई स्वदेशमै रहि कामकाज गर्न पेरित गर्ने र समाज हुँदै देश विकासमा युवाहरु मिलिजुलि परिवर्तन गर्ने योजना रहेको छ ।

यसै क्रममा यसै क्रममा हिजो झापा जिल्लामा रहेका यस ग्रुपका सक्रिय सदस्य मनिष पाठककोे नेतृत्वमा बाह्रदशी नगरपालिकामा रहेको पशुपति माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइन भवन ९० वर्षका बुबा पुण्य प्रसाद काफ्लेबाट सरसफाई कार्यक्रम उद्घाटन गरी सम्पन्न गरिएको छ ।

यसरी नै देशमा भएका युवा जनशक्तिले आफ्ना आफ्ना जिल्लामा यसरी नै परिवर्तनका लागि पहल गरे देशले अवस्य नै केहि मुहार फेर्ने छ । आगामीदनमा पनि यो ग्रुपले यस्ता कार्य गर्दे जाने भएको छ । देशको विकास र परिवर्तनका लागि !

प्रतिक्रिया दिनुहोस्