डा. केसीको अडान- ममाथि प्रहरीको जवरजस्ती भयो कुनै उपचार लिन्न

काठमाडौं, असोज ४ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा १९औं सत्याग्रहमा रहेका डा। गोविन्द केसीलाई प्रहरीले जवरजस्ती अनसन स्थलबाट उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल पुर्‍याएको छ ।

प्रहरी निरिक्षक सुदर्शन भट्टराई नेतृत्यवको टोलिले डा। केसीलाई उठाएर अस्पताल पुर्‍याएको एक प्रत्यक्ष दशी युवाले बताए । अनसन स्थलमा दिउसोको समयमा समर्थकहरूको भिडभाड हुने भएकाले रातिको मौका छोपि प्रहरीले जवरजस्ती उठाएको स्थाानीय महेन्द्र कार्कीको भनाइ छ ।

अनसनको पहिलो दिनदेखि डा। केसीको अनसन स्थलमा बस्दै आएका उनी शनिबार आफ्नो घर गएका थिए । ुम घर गएको समयमा स्थानीय चारजना युवाहरू मात्रै कुरेर बसेको समयमा प्रहरीले जवरजस्ती उठाएको होु, उनले भने, ुकरिव पौने १० वजे प्रहरीको टोलिले डा। केसीलाई अस्पताल पुराएको छ । डा। केसीले जान्न भन्दा भन्दै अपहरण शैलिमा उनलाई अस्पताल पुराइएको हो ।ु

अस्पताल पुराइएका डा। केसीलाई आइसियूमा राखिएको अस्पताल प्रशासनले जनाएको छ । तर, उनले उपचार भने लिन मानिरहेका छैनन् ।

डा। केसीको नियमित स्वास्थ्य परिक्षण गरिरहेको टोलिले दिउसोनै अस्पताल लैजानुनपर्ने सुझाव दिए पनि डा। केसीले अस्पताल जान मानेका थिएनन् ।

प्रहरीको टोलि अनसन स्थल बाविरामष्टको मन्दिरमा पुग्दा जान्नभन्दा भन्दै कराउँदा कराउदै प्रहरीले जवरजस्ती अपहरण शैलिमा उठाएको डा। केसीलाई कुरेर बसेको एक स्थानीय युवाले बताए ।

प्रतिक्रिया दिनुहोस्