आईपीएल: दिल्ली क्यापिटल्सले आज पहिलो खेल खेल्दै, पर्लान् त टोलीमा सन्दीप ?

काठमाडौं, असोज ४ । दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार पहिलो खेल खेल्दै छ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित आईपीएलमा दिल्ली क्यापिटल्सले पहिलो खेल्न लागेको हो ।खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे दुबईमा हुनेछ।

लिगको दोस्रो खेलमा दिल्लीले किंग्स इलेभेन पञ्जाबसँग खेल्दै लिगको सुरुवात गर्नेछ।पहिलो खेल खेल्न लागेका दुवै टोली जितको साथ सुरुवात गर्ने लक्ष्यमा छन्। यता जको खेलमा दिल्लीले तीव्र गतिका बलर खेलाएमा सन्दीप सुरुवाती ११ मा पर्ने सम्भावना कम छ।

दिल्लीले कागिसो रबाडाको साथ भारतीय ईशान्त शर्मा र मोहित शर्मामध्ये एकलाई मौका दिए सन्दीपलाई सहज हुनेछ। तर उत्कृष्ट प्रदर्शन गरेका कारण दिल्लीले आजको खेलमा सन्दीपलाइ खेलाउने सम्भावना पनि छ।

सीपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप उच्च मनोबलमा छन्। सीपीएलमा जमैका तलाबाजबाट उत्कृष्ट प्रदर्शन गरेका मुजिब र सन्दीप एक अर्काविरुद्ध मैदान उत्रिनेछन्।

प्रतिक्रिया दिनुहोस्