राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा सुर्खेतको वीरेन्द्रनगरमा

काठमाडौं , असोज ४ । राष्ट्रिय वाणिज्य बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं।–६ मा नयाँ शाखा कार्यालय विस्तार गरि सञ्चालनमा ल्याएको छ । बैंकको २४१ औं शाखा कार्यालयको आइतबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी समुदघाट्न गरेका हुन् ।

उक्त अवसरमा मन्त्री ज्वालाले पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्नेमा जोड दिए । उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे ।

बैकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा। शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्