नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं, ५ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

आइतबार भएको बैठक सोमबार पुन बस्ने गरि सकिएको थियो । तर पाटीृमा गृहकार्य गर्न सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो । बैठक भोलि १२ः३० बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विटरमा भनेका छन् । उनले भने ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ः३० बजे बालुवाटारमा बस्ने भएको छ ।’

पार्टीमा आन्तरिक छलफल र मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएता पनि यसले पूर्णता पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्