नेकपा सचिवालय बैठक बस्दै , मन्त्री हेरफेरको मापदण्ड बनाउने तयारी

काठमाडौँ, असोज ६ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।
दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटरमा सुरु हुने बैठकमा मन्त्री हेरफेरको मापदण्ड बनाउने विषयमा छलफल हुने भएको छ ।

बैठकले मन्त्री हेरफेर गर्न आवश्यक मापदण्ड बनाउन कार्यदल बनाउने वा अध्यक्षद्वयलाई जिम्मा दिने भन्ने निर्क्यौल गर्ने एक सचिवालय सदस्यले बताए ।यस्तै आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि गर्नुपर्ने साठानिक एकताका बाँकी काम अघि बढाउन आवश्यक कामकारबाहीबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

आइतबार पेरिसडाँडामा बसेको बैठकमा पार्टीलाई सशक्त बनाउन आयस्रोत नभएका केन्द्रीय सदस्यलाई जीवीकोपार्जनमा सहज हुने गरी मासिक रकम दिने विषयसमेत छलफलमा आएको छ । यसबारे ठोस निर्णय भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्