आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असोज ६ । सोमबारको तुलनामा सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार भन्दा सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको हो ।

सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो ।

मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्