शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ०७५/७६ को नाफाबाट लाभांश नदिने

काठमाडौं, असोज ६ । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा राख्ने निर्णय गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७५/७६ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बिमा समितिमा पठाउने निर्णय गरेको छ । समितिबाट निर्जीवन बिमा गर्ने बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशनबमोजिमको वित्तीय विवरणहरु तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) बमोजिम वित्तीय विवरण पारित गरी बिमा समितिको स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै बिमा समितिले जारी गरेको निर्जीवन तथा पुनर्बिमा व्यवसाय गर्ने बिमकको बिमाङ्‍कीय मूल्यांकनसम्बन्धी निर्देशिका २०७६ अनुसार कम्पनीको ०७६/७७ को वित्तीय विवरणहरुको सैद्धान्तिक स्विकृतिका लागि बिमा समितिसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ को साधारणसभासमेत एकैपटक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्