सानिमा बैंकको क्रेडिट कार्ड आवेदन अब अनलाइनबाटै दिन सकिने

काठमाडौं , असोज ६ । सानिमा बैंकले क्रेडिट कार्ड आवेदन अनलाइनमार्फत दिन सक्ने भएको छ ।यो सुविधा यही असोज ६ गतेदेखि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकका ग्राहकले क्रेडिट कार्ड आवेदन दिन बैंकको वेबसाइट गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फाराममा उल्लेखित आवश्यक विवरण भरेर आवेदन दिन सक्ने भएका हुन् ।

फाराम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएको र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत गराइनेछ ।

क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने बैंकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्