अन्तर विद्यालय लिग फुटबल मंसिर दोस्रो साताबाट हुने

काठमाडौं , असोज ६ । अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता मंसिर दोस्रो साताबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । युवा फुटबल खेलको विकास र बिस्तारका लागि अन्तर विद्यालय लिग फुटबल मसिर दोस्रो साताबाट सुरु हुने भएको हो ।

आगामी २०७७ मसिरको दोस्रो साताबाट अन्तर विद्यालय लिग फुटबल संचालन गर्ने कार्ययोजना तर्जुमा भएको एन्फाले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

युवा खेलाडीहरुलाई अवसर प्रदान गर्दै निकट भविष्यमा उमेर समूहको राष्ट्रिय टिमसम्म प्रशिक्षणमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता संचालन गर्ने कार्यक्रम रहेको एन्फाले विज्ञप्तिमा उल्लेख गरेको छ ।त्यसका लागि एन्फाले उपत्यकालगायत काभ्रे जिल्लाका इच्छुक विद्यालयहरुलाई सहभागी हुन समेत आह्वान गरेको छ ।

यसबर्ष देखि १५ वर्ष मुनिका उमेर समूहको अन्तर विद्यालय लिग फुटबलमा उपत्यका काठमाडौं, भक्तपुर र ललितपुरलगायत काभ्रे जिल्लामा रहेका विद्यालयका सम्बन्धित विद्यार्थी खेलाडीहरुको सहभागितामा रहने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्