नेकपा सचिवालयको बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन

काठमाडौं , असोज ६ ।नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ। सचिवालय बैठकको दोस्रो दिन संवैधानिक आयोग पदाधिकारी नियुक्तिबारे छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद्को पुनर्गठनका बारेमा छलफल हुने भनिएको भए पनि दोस्रो एजेन्डाका रुपमा रहेको संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका बारेमा छलफल भएको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले संवैधानिक परिषद्को बैठक राखेर आयोग पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए।

मन्त्रिपरिषद् पुनर्गठनबारे पत्रकारले सोधेको प्रश्नमा उनले आजको बैठकमा यसबारे छलफल नभएको बताए। यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।

नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो । परिषद्को बैठक राखेर पदपूर्ति प्रक्रिया अगाडि बढाउन सबैलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारि दिए ।

बैठकले सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिइएको छ । पार्टी एकता र एकीकरणका बाँकी कामहरू टुङ्गो लगाउने विषयमा पनि छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्