भारतमा कोरोनाः मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो, संक्रमित कति ?

काठमाडौं , असोज ७ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ ।

भारतमा बुधबार यो समाचार तयार पार्दासम्म मृतक संख्या ९० हजार २१ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ५६ जनाको संक्रमितको मृत्यु भएको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

बुधबार ८० हजार ३९१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४० हजार ४९६ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ४५ लाख ८१ हजार ८२० जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ६८ हजार ६५५ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्