काठमाडौँबाट हेटौँडा जाँदै गरेको स्कारपियो र मोटरसाइकल पहिरोमा पुरिए, एकको मृत्यु

काठमाडौं , असोज ७ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा सवारीसाधन पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा।१७च ४८७४ नम्बरको स्कारपियो जिप र बा।९७प ४८५१ नम्बरको मोटरसाइकललाई पहिरोले पुरेको हो । पहिरोले पुरिँदा जिपमा सवार चालकछेवैको सिटमा बसेका एकजना पुरुषको मृत्यु भएको हो ।

मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार दुईजना भने घाइते भएकाले उनीहरुलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले अविरल वर्षाका कारण गुडिरहेको अवस्थामा एक्कासि माथिबाट पहिरो खस्दा स्कार्पियो पुरिएको र चालकको मृत्यु भएको बताए।

प्रतिक्रिया दिनुहोस्