कोरोना त्रासः अब त दशैं पनि आयो कसरी जाने घर ?

पार्वती पाठक , 

काठमाडौं, असोज ७ । अब त दशैं पनि आयो कसरी जाने घर ? यो प्रश्न हो अहिले बाहिरी जिल्लाबाट काठमाडौंमा आएकाहरुको ! यति बेला सबैको मनमा यहि प्रश्नले पिरोली रहेको छ । किन भने अरु वर्ष जस्तो यो वर्ष ढुक्कले घर जाने वातावरण छैन् । पोहोर साल यति बेला दशैंका लागि घर जानेको मनमा खुशि र उमङ्ग हुन्थ्यो भने अहिले रोगले पो समात्छ कि भन्ने डर मनमा उब्जेको छ ।

यति मात्रै होइन जान पनि पाइन्छ कि पाइदैन गइहाले पनि यस्तो भिडभाडमा कतै कोरोनाले छोइहाल्छ कि भन्ने जिज्ञासा भने सबैमा छ । वर्षको एक चोटी आउने पर्वमा नजान पनि कसरी नजानु जाउ भने कोरोनाको डर छ । एकातिर हिन्दुहरुको महान पर्व दशै तथा तिहार पनि नजिकिदै छ । यसैले पनि अब काठमाडौं छोड्नेको संख्या झन बढ्ने छ । पहिलाको जसरी अहिलेको वर्षमा ढुक्कसँगै यात्रा गर्ने माहोल छैन । यो माहोल सब कोरोनाले बन्द गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम अहिले पनि कायमै छ ।

नेपालमा मनाइने विभिन्न चाडपर्वहरू मध्ये दशैं सबै भन्दा ठुलो पर्व हो । कर्मचारी विद्यार्थी र रोजगारीको शिलशिलामा आएका लगायत धेरै व्यक्तिहरू वर्षभरिमा घर जाने साइत त्यही दसैँमा पारेका हुन्छन् । यस समयमा देश, विदेश र प्रदेशबाट घर समाजमा सबै जमघट हुने गर्दछ। सुख, दुख साटासाट गर्ने तथा मनका बह पोख्ने उपर्युक्त अवसर पनि हो । तर यही ठुलो पर्वमा कोरोनाले यस वर्ष खासै रौनक नहुने अनुभूति गर्दैछन यति बेला नेपालीहरु ।कोरोना महामारीका कारण खल्लो हुने अनुभूति पनि गरिँदै छ ।

एकातिर अप्ठेरो भनेको यातायातको सवार गर्नु हो । यसले जोखिमपूर्ण यात्रा गर्नुपर्ने विवशता जन्माएको छ । गाडी नै नपाउने, पाएको गाडी सिट क्षमताभन्दा अत्यधिक यात्रु चापले दुर्घटना निम्तयाएको छ । त्यसैमाथि अहिले त कोरोनाको त्रास ।

जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण छ । यात्रुहरु यातायात गर्न पनि डाराउन परेको अवस्था छ । कोरोना भाइरस संक्रमणसँगै अहिले थपिएको सबैभन्दा चुनौती हो ‘भीडभाड नियन्त्रण।’, सबै दुरीमा चल्ने सार्वजनिक यातायात खुल्दै गर्दा सबैभन्दा भीडभाड हुने ठाउँ भनेको काठमाडौंको गोंगबु नयाँबसपार्क हो। यस्तो भिडभाडमा बसपार्कका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना सङ्क्रमण हुने डर छ ।

कोरोना भाइरसको महामारीले ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात असोज १ गतेदेखि सञ्चालनमा आए । ६ महिनाअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन असोज १ गतेबाट खुलेका हुन । सार्वजनिक यातायातका सबै खालका सवारीसाधनहरु सञ्चालनमा आएसँगै गाडी सडकमा गुड्न थालेका छन् यति बेला ।

सबै यातायात सञ्चालनमा आएसँगै यति बेला काठमाडौंको बसपार्कमा चहलपहल बढिसकेको छ । काठमाडौंबाट बाहिरेनेको संख्या पनि बढेको छ ।बसपार्कमा व्यवसायी र यात्रुको चहलपहल बढ्न थालेको हामी देख्न सक्छौ । कोरोनाले त्यसै पनि काठमाडौंमा लकडाउनले रोकीएकाहरुलाई जना नपाएर आत्तिएका थिए । तर लामो समयदेखि यातायातका बस चल्न थालेपछि अहिले जानेको लाम नै लागेको छ ।

कोरोना सङ्क्रमण हुन नदिन तथा सामाजिक दुरी कायम गरी यात्रुलाई सुरक्षित रूपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण बनाउने र यस्ता साधनमा स्यानिटाइजर तथा दूरी कायम गर्न आवश्यक छ तर यस्तो नगरिँदा जोखिम भने झन बढ्ने यात्रुहरुको भाईछ ।

यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । कतिपाए क्षेत्रका यातायातमा अहिले पनि यात्रु झुण्डिएर यात्रा गर्न बाध्य छन् । यसरी बसमा भिड हुदा जोखिम त्यसै बढ्ने नै भयो ।नागरिक कोरोनाको जोखिम मोलेर भएपनि दशैमा घर जाने योजनामा छन् तर कतै कोरोना पो लागि हाल्छ कि भन्ने डर पनि उनीहरुमा छ । लामो दूरीको सार्वजनिक यातायात खुल्दा उच्च दरमा वृद्धि भइरहेको कोरोना संक्रमणको वृद्धिको जोखिम अझ बढ्ने चिन्ता थपिएको छ । तसर्थ यातायातका साधन चढ्दा वा प्रयोग गर्दा उच्च सावधानी अपनाउनु जरुरी छ ।

यातायात व्यवस्था विभागले तयार पारेको व्यवहारमा कार्यान्वयन गर्न पनि त्यतिकै आवश्यक छ । यता बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले भीडभाड नियन्त्रणका उपाय पनि सुरु गरेको छ।टिकटका लागि अहिले कम्प्युटर प्रणाली सुरु गरिएको छ। विस्तारै बसपार्कमै पुग्नु नपर्ने गरी टिकट बुकिङ सुरु गरिने पनि प्रालिले जनाएको छ। यसरी कम्प्युटर प्रणाली सुरु र बसपार्कमै पुग्नु नपर्ने गरी टिकट बुकिङ गर्दा केहि सम्म सहजता होलीकी ।

त्यसै गरि हामीले रोग लाग्न नदिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालाना गनु पर्ने हुन्छ र यसबाट बच्न र अरुलाई बचाउन आफै सचेत र सजक हुन पनि जरुरी छ । तब मात्रै हामी स्वस्थ रहन सक्छौ र दशैं पनि मनाउन पाउँछौ । दशैं नै हार्मो मुख्य चाड हो जहाँ निधारमा रातो टिका र कानमा पहेलो जमराले सजिएको हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्