ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं, असोज ७ ।ब्राउन सुगरसहित दुई भारतीय नागरिक कपिलवस्तुबाट पक्राउ परेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुरमा ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारत जिल्ला सिद्धार्थनगर थाना सोहरतगढ पोष्ट ग्राम सोहरतगढका वर्ष २५ का लल्लु भन्ने नियाज धुनिया र वर्ष २० का अजमेरी धुनियामा रहेका छन् । बिशेष सुराकीका आधारमा दुबै जनाको खानतलासी लिदा ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए।

प्लाष्टिकमा राखी धागोले बेरिएको ८ पोका ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ फेला पारिएको उनले बताए। पक्राउ गरिएको दुबै जनामाथि लागुऔषध मुद्दामा अदालतबाट म्याद थपेर कारबाही प्रकृया अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्