आईपीएलः मुम्बई इन्डियन्स र कोलकाता भिड्दै

काठमाडौं, असोज ७ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति साबिक विजेता मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ।

आवुधावीस्थित शेख जायद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे हुनेछ। रोहित शर्माको कप्तानीमा मैदान उत्रिने मुम्बई पहिलो जितको खोजीमा हुनेछ।

लिगमा दोस्रो खेल खेल्न लागेको मुम्बई पहिलो खेलमा चेन्नई सुपर किग्ससँग ५ विकेटले पराजित भएको थियो। मुम्बई अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ।

यता लिगमा पहिलो खेल खेल्न लागेको कोलकाता विजयी सुरुवात गर्न चाहन्छ। कोलकाता दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रिँदै छ। मुम्बईको कप्तानी रोहित शर्माले सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस्