आइपिएलः कोलकातामाथि मुम्बईको सानदार जित

काठमाडौं , असोज ८। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपिएल २०२० मा कोलकातामाथि पहिलो सहत जित हात पारेको छ ।

उदघाटन खेलमा साविक उपविजेता चेन्नाई सुपर किंग्ससँग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै जित हात पारेको हो ।

कप्तान रोहित शर्माको शानदार अर्धशतक अनि बलरहरूको उत्कृष्ट प्रदर्शनमा मुम्बईलाई सहजै सफलता मिल्यो ।इओन मोर्गन, आन्द्रे रसेल जस्ता खेलाडी भएको कोलकाताले मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि लोअर अर्डरमा ब्याटिङ गर्दै प्याट कमिङ्सले सर्वाधिक ३३ रन बनाए ।उनले १२ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे ।आफूलाई तेस्रो नम्बरमा प्रमोट गरेका कप्ता दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन जोडे ।

मोर्गनले २० बलमा १६ र रसेलले ११ बल खेल्दै ११ रन मात्र बनाए ।मुम्बईका लागि ट्रेन्ट बोल्ट जेम्स व्याटिनसन जसप्रित बुमराह र राहुल चाहरले २–२ विकेट लिए ।

बुमराहले १६औं ओभरमा रसेल र मोर्गनलाई आउट गर्दै खेल मुम्बईको पक्षमा पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्