कामना सेवा विकास बैंक र नबिल इन्भेष्टमेण्ट बैकिंग सम्झौता

काठमाण्डौ, ९ असोज नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट ईजाजत पत्र प्राप्त नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त दुबै कम्पनीबीच आश्विन ५ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवा सम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्न सक्नेछ ।
संस्थागत परामर्श सेवा भन्नाले विज्ञ तथा व्यवसायिक वित्तिय परामर्शदाताहरूद्वारा विभिन्न व्यक्ति तथा व्यवसायलाई प्रदान गरिने विशेष प्रकृतिको परामर्श सेवालाई संस्थागत परामर्श सेवा भनिन्छ । अंग्रेजीमा यसलाई फाइनान्सियल एडभाइजरी अथवा कर्पोरेट एडभाइजरी पनि भनिन्छ । अर्को शब्दमा भन्दा फाइनान्सिय एडभाइजरी तथा वित्तिय कन्सलटेन्सीको काम नै संस्थागत परामर्श सेवा हो । नविल ईन्भेष्टमेण्ट बैङ्किग लिमिटेडले वित्तिय क्षेत्रमा पूँजीको परिचालन, लगानीका सम्भावित क्षेत्रहरू, सम्भावित नाफा÷जोखिमको अवस्थिति÷मुल्यांङ्कन लगायतका बिषयमा परामर्श दिने गर्दै आएकोछ । व्यवसायको रणनीतिक विस्तार, भविष्यको योजना, प्रतिस्पर्धात्कम क्षमताको अभिवृद्धि गर्ने जस्ता आफ्नो व्यवसायको सुक्ष्म व्यवस्थापनमा सहयोगी कार्य गर्न पनि संस्थागत परामर्शदाताको आवश्यकता÷खोजी हुने गरेको पाईन्छ ।
यसका साथै व्यवसायलाई आवश्यक पूजीँको उपलब्धता, लगानीकर्ताको लागि उपयुक्त व्यवसाय र व्यवसायीको खोजी साथै व्यवसायका लागि उचित मूल्यांङ्कन गर्न सक्ने लगानीकर्ताको खोजीमा समेत संस्थागत परामर्शदाताले समन्वयकारी÷सहयोगी भुमिका निर्वाह गर्दछन् । विभिन्न व्यवसायमा अन्तरनिहित जोखिमको न्यूनीकरण गर्न, जोखिम बहन गर्ने क्षमता अनुरूपको व्यवसायको विस्तार र जोखिम बहन गर्ने क्षमताको समष्टिगत अभिबृद्धिमा संस्थागत परामर्श सेवा प्रदायहरूले विशेष विज्ञता हाँसिल गरेका हुन्छन् । संस्थागत परामर्श सेवा आफैमा एउटा छुट्टै उद्योग हो । यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राष्ट्रिय आय र उत्पादकत्वलाई बुद्धि गर्न सहयोग गरिरहेको हुन्छ । अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने परियोजना तथा कम्पनिलाई विभिन्न हिसाबले सहयोग गरी एउटा भिन्न पहिचान÷मुल्य सिर्जना गर्न सक्षम भएकोले गर्दा नै यसको महत्व दिनानुदिन बढ्दै गएको पाइन्छ ।
वित्तिय अनुशासन, लगानीको सुनिश्चितता, जोखिमको न्यूनीकरण, विस्तृत तथा वैज्ञानिक अनुसन्धान पद्धतिमा आधारित कार्यप्रणालीले गर्दा नेपालमा पनि संस्थागत परामर्श सेवाको उपयोग व्यवसायिहरुले व्यवसायिकरुपमा बढाउँदै लगेकाछन् । परामर्श सेवा लगानीका क्षेत्रमा मात्रै सीमित नभई यसले वित्तीय क्षेत्रमा अन्य विबिध÷धेरै सेवाहरु प्रदान गर्दछ । नाफामुलक संस्थाले मात्र नभएर गैह्र नाफामुलक संस्थाले समेत परामर्श सेवाको उपयोग गर्न सक्दछन् ।
२०७४ को चैतबाट नेपाल धितोपत्र बोर्डले लाईसेन्स दिएपछि संस्थागत परार्मश सेवाको औपचारीक सुरुवात भएको हो । नेपालमा नबिल इन्भेष्टमेण्ट बैङ्किग लिमिटेडले धितोपत्र बोर्डबाट अनुमति लिएर यो सेवा प्रदान गरिरहेकोछ । नबिल इन्भेष्टमेण्ट बैङ्किग लिमिटेडले क्यापिटल मार्केट तथा इन्भेष्टमेन्ट बैङ्किगको दृष्टिकोणबाट यस कम्पनीले आफ्नो कार्यपद्धतिलाई अगाडि बढाइ रहेको छ । संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैङ्किग लिमिटेडबाट श्री कामना सेवा विकास बैंकले निम्न लिखित सेवाहरू आफ्ना ग्राहक वर्गहरुलाई प्रदान गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्