कोठा हेर्न भन्दै जब काठमाडौमा दुई युवा सिक्री लुटेरे फरार भए…….

काठमाडौं, असोज ९। पछिल्लो समय काठमाडौंमा चोरीका घटना बढिरहेका छन् । चोरहरुले विभिन्न बाहानामा लुट्ने गरेका छन् । यसैबीच कोठा हेर्न भन्दै काठमाडौंको पेप्सीकोलामा पुगेका दुईजना युवा घरधनीकै सुनको सिक्री लुटेर फरार भएका छन् ।

प्रहरीका अनुसार बिहीबार साँझ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नजिकै घर भएकी पवित्रा विडारी उप्रेतीको घरमा डेरा बस्ने भन्दै कोठा हेर्न पुगेका दुई युवा सिक्री लुटेर फरार भएका हुन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनीहरुले कोठा हेर्दै गर्दा घरधनीलाई धम्क्याएर १ तोला सुनको सिक्री लुटेर स्कुटरबाट भागेका थिए।

अहिले लुटपाटमा संलग्नहरुको खोजी भइरहेको महाशाखाका प्रमुख एसएसपी थापाले बताए । यसैले हामीले आफै सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्