कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु , संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं , असोज ९ । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।बिहीबार कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको थियो ।यसैबीच छिल्लो २४ घन्टामा नेपालमा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्