२ लाख ४४ हजारसहित १९ जुवाडे पक्राउ

काठमाडौं , असोज ९ । प्रहरीले २ लाख ४४ हजारसहित १९ जुवाडेलाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ लोहारपुरबाट जुवा खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जुवाखालबाट २ लाख ४४ हजार १ सय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।स्थानीय तेजबहादुर ऐरको घरमा जुवा खेल्ने २८ वर्षीय एकिन्द्र सुनारसहितका १९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

जुवाखालबाट १३ वटा तासको गड्डी बरामद गरिएको छ । उनीहरुमाथि जुन ऐनअनुसार कारवाही गरिने कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्