तीन लघुवित्त संस्था मर्जरमा जान सहमत, कुन कुन परे ?

काठमाडौं , असोज १० । तीनवटा लघुवित्त संस्थाहरु मर्जरका लागि सहमत भएका छन् । आरम्भ चौतारी लघुवित्त, सीवाईसी लघुवित्त र शालिग्राम लघुवित्तबीच मर्जरमा जाने सहमति भएको हो ।

शुक्रबार बागलुङको सीवाईसी लघुवित्तको केन्द्रीय कार्यालयमा आयोजित छलफलमा मर्जरमा जाने सहमति जुटेको आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगत पोखरेलले जानकारी दिए ।

सहमतिपत्रमा आरम्भ चौतारीबाट अध्यक्ष, पोखरेल, सीवाईसीबाट अध्यक्ष पद्मनाथ शर्मा र शालिग्रामबाट अध्यक्ष कृष्णबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

आरम्भ चौतारी हाल दोस्रो बजारमा सूचीकृत भइसकेको कम्पनी हो भने सीवाईसी र शालिग्राम लघुवित्त आईपीओ जारी हुन बाँकी संस्था हो ।

बाँकी संस्थाको आईपीओका लागि छुट्याइएको पुँजी मर्जरपछि एफपीओ जारी गरेर वितरण गर्ने सहमति समेत भएको छ ।आरम्भ चौतारी र सीवाईसी राष्ट्रिय स्तरका लघुवित्त संस्था हुन् भने शालिग्राम प्रादेशिक स्तरको लघुवित्त संस्था हो ।

प्रतिक्रिया दिनुहोस्