आईपीएलमा आज कोलकत्ता र हैदरावाद भिड्दै

काठमाडौं, असोज १० । १३ औँ इण्डियन प्रिमियर लिग (आईपीएल)को आठौँ खेलमा शनिबार कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दै छन् ।

जारी आईपीएलमा हैदरावाद आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग पराजित भएको थियो भने कोलकत्ता पहिलो खेलमा मुम्बईसँग पराजित भएको थियो। प्रतियोगितामा दुबै टोली अंकविहीन छन्। आजको खेलमा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन्।

खेल युएईको अवुधाबीमा नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ।हैदरावादको कप्तानी अष्ट्रेलियाका डेविड वार्नरले गरिरहेका छन् भने कोलकत्ता दिनेश कार्तिकको कप्तानीमा छ।

आईपीएलमा दुबै टोलीबीच हालसम्म १७ खेल भएका छन्। जसमा कोलकत्ताले १० र हैदरावादले सात खेल जितेको छ।

प्रतिक्रिया दिनुहोस्